२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


अध्यक्ष गोइतको घरमा बम विष्फोट


0
Shares

राजविराज, जेठ ४ । अज्ञात समूहले सप्तरीको बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा गए राति प्रेसर कुकर बम विष्फोट गराएको छ ।

सो समूहले अध्यक्ष गोइतको घरसँगैको प्रतिक्षालयमा बम विष्फोट गराएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए । बम विष्फोटबाट प्रतिक्षालयमा रहेको टेबुल, कुर्सी र फर्निचरको जलेर नष्ट हुनाका साथै उनका काका श्याम गोइत घाइते भएका छन् ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बम विष्फोटबारे अनुसन्धान भइरहेको र बम विष्फोट गराउने समूह भारतीय सिमानाबाट भाग्न सक्ने भएकाले सो सिमानामा समेत प्रहरी परिचालन गरी खोजी कार्य तीव्र पारिएको प्रहरी नायब उपरीक्षक रिमालले बताए । (रासस)