
-संजीव बगाले, ईमेज
काठमाडौं, बैशाख ४ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कुनै गुटबन्दी नरहेको दाबी गरेका छन् ।
एक साता लामो बसेको पार्टी केन्द्रीय समितिको बैठकका निर्णय सार्वजनिक गर्न आज(शनिबार) पार्टी मुख्यालय धुम्बाराहीमा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले पार्टीभित्रको छलफललाई अनावश्यक रुपमा आलोचना गरिएको भन्दै आक्रोस व्यक्त गरे ।
एक सातासम्म चलेको केन्द्रीय कमिटीको बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कुनै गुटबन्दी नरहेको दाबी गरेका हुन् ।
पार्टीभित्रको गुटबन्दीबारे स्पष्ट पार्न जब पत्रकारले प्रश्न गरे तब प्रधानमन्त्रीले आक्रोसित हुँदै भने– ‘गुटबन्दी पार्टीभित्र नभई पत्रिकाका हेडलाइनमा मात्र भएको हो ।’
पार्टीभित्र कुनै गुटबन्दी नरहेको र गुटबन्दी आवश्यक पनि नरहेको भन्दै प्रधानमन्त्री ओलीले आक्रोसित र ठट्टेउलो पारामा भने– ‘केन्द्रीय सदस्यहरु पुराण सुन्न आएका होइनन् त्यसकार बहस र छलफल हुन्छ ।’
प्रधानमन्त्री ओलीको अर्को असन्तुष्टी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको चाहिने भन्दा बढी आलोचना गरिएको भन्नेमा पनि थियो । प्रधानमन्त्री ओलीले भूकम्पका कारण ८ लाख घर भत्किएकाले तिनीहरुको पुनर्निर्माण सजिलो नभएको बताए ।
उनले ज्यामी, डकर्मीसमेत नपाइएकाले सोचेजति काम हुन नसकेको आफूले स्वीकारेको भए पनि त्यसलाई सञ्चारमाध्यम र विश्लेषकहरुले गलत रुपमा ब्याख्या गरेको गुनासो गरे ।
प्रधानमन्त्री ओलीले ग्यासलगायतका इन्धनको वितरणमा देखिएको समस्या समाधानका लागि सरकारले अभियान चलाइरहेको र अब छिट्टै सहज अवस्था आउने जानकारी दिए ।
https://www.youtube.com/watch?v=IX7GvSXuM-A&feature=youtu.be
प्रतिक्रिया दिनुहोस्