१४ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025


नेविसंघले सगरमाथामा संविधान पुर्‍याउने


0
Shares

काठमाडौं, वैशाख ५ । नेपाल विद्यार्थी संघले ४६औँ स्थापना दिवसको अवसर पारेर  नेपालको झण्डा, नयाँ सविधान र नेपाल विद्यार्थी संघको झण्डा सगरमाथाको चुचुरोमा पुर्‍याउने भएको छ ।

आज राजधानीमा भएको कार्यक्रममा झापाको धुलाबारी क्याम्पसका नेविसंघका नेता अनिश लुईटेलले ती सामाग्री सगरमाथाको चुचुरोमा पुर्‍याउने जानकारी दिईएको हो ।

नेवि संघका अध्यक्ष रञ्जित कर्णले लुईटेललाई सामाग्री हस्तान्तरण गर्दै संविधानसभाबाट सबैभन्दा राम्रो संबिधान जारी भएको जिकिर गरे ।