५ चैत्र २०८१, मंगलबार | Wed Mar 19 2025


नवनियुक्त मन्त्री चन्दद्वारा सपथ ग्रहण


0
Shares

काठमाडौं, वैशाख ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त वाणिज्यमन्त्री जयन्त चन्दलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् ।

राष्ट्रपति भवन महाराजगन्जमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित थिए ।

उपप्रधानमन्त्रीद्वय कमल थापा र भीम रावल, राप्रपाका अध्यक्ष लोकेन्द्रबहादुर चन्द तथा नेता पशुपतिशम्शेर जबरा, मन्त्रीगण, मुख्यसचिव, प्रधानसेनापतिलगायतको पनि समारोहमा उपस्थिति थियो ।

नवनियुक्त मन्त्री चन्द राप्रपाका केन्द्रीय सदस्य तथा सांसद हुन् । चन्द मन्त्री नियुक्त भएपछि वर्तमान मन्त्रिपरिषदको सदस्य सङ्ख्या ४१ पुगेको छ । (रासस)