३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


0
Shares

झापा, वैशाख ६ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तेह्रथुमको चुहानडाँडाका ३० वर्षीय जीतबहादुर लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोडस्थित कञ्चनजङ्घा हस्पिटल नजिकै बा३ख ४७५५ नम्बरको बसले मे५प ८२५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक लिम्बूको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते लिम्बूलाई उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी हस्पिटल पुर्‍याइए पनि उनको उपचारकै क्रममा राति नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

दुर्घटनामा संलग्न बस र चालकलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ । (रासस)