
-कविराज घिमिरे, ईमेज
धनकुटा, बैशाख ६ । धनकुटामा खानेपानीको क्षेत्रमा गरिने लगानी प्रत्येक बर्ष बढ्दो छ । तर पानीको मुहान संरक्षणमा चासो नदिँदा खानेपानीको समस्या भने झन् झन् बिकराल बन्दै गएको छ ।
धनकुटाको आखिसल्ला–४ सुकेआहाल की ७१ बर्षिया चन्द्रमाया राईलाई यतिबेला खानेपानीको जोहो गर्न निक्कै गाह्रो परेको छ । घरबाट करिब एक घण्टा टाढा रहेको कुवामा उनलाई खानकै लागि मात्रै आश्यक पर्ने पानीको जोहो गर्न पाँच घण्टा लाग्ने गरेको छ । पानीको मुल सुक्दै गएकाले थोपा थोपा जम्मा गरेर पानी संकलन गर्नुपर्ने उनको बाध्यता छ ।
राई जस्तै धनकुटाका अधिकांश ब्यक्तिलाई सुख्खा मौसममा खानेपानीको जोहो गर्न निकै गाह्रो पर्ने गरेको छ । खानदेखि बाहेक अन्य कामका लागि आवश्यक पर्ने पानी पनि निक्कै टाढाका खोला खोल्सी र पोखरीवाट जोहो गर्नुपर्ने बाध्यता छ ।
यता, खानेपानी, सरसफाई क्षेत्रिय अनुगमन तथा सुपरिक्षण कार्यालय धनकुटाको अनुसार हाल जिल्लाका ८३ प्रतिशत परिवारले खानेपानीको धारो जडान गरेर सहज रुपमा पानी उपयोग गरिरहेको र १७ प्रतिशतले मात्रै निकै कष्ट गरेर पानीको जोहो गर्नु पर्ने बाध्यता रहेको जनाएको छ ।
तर, सुख्यायाम सुरु भएसंगै पानीको मुहान नै सुक्न थाले पछि समस्या सबै तिर उस्तै छ । जोडिएका धारामा समेत पानी आउन छाडेपछि ग्रामिण क्षेत्रमा मात्र होईन शहर वजारमा पनि समस्या उस्तै छ ।
धनकुटाको हिले, पाख्रिवास, लेगुवा, डाँडा बजार लगायतका अधिकाशं वजारमा पानीको समस्या बर्षेनी बढ्दो छ ।
प्रतिक्रिया दिनुहोस्