५ चैत्र २०८१, मंगलबार | Wed Mar 19 2025


विश्व सम्पदा दिवस मनाइयो, नेपालका सम्पदाहरु लथालिंग हालतमा (भिडियो रिपोर्ट)


0
Shares

प्रतीक लामिछाने/राजेन्द्र नापित (इमेज)
काठमाडौं, वैशाख ६ । अप्रिल १८ अर्थात् अन्तर्राष्ट्रिय सम्पदा दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ ।

तर, सम्पदा दिवस मनाइरहँदा गत वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पनबाट क्षति पुगेका अधिकांश सम्पदाहरु लथालिंग हालतमा छन् ।

विश्व सम्पदा सूचीमा सूचीकृत उपत्यकामा रहेका ७ ओटा सम्पदाहरुमा गत वैशाख १२ को भूकम्पले क्षति पुर्‍याएको थियो ।

पशुपतिनाथ क्षेत्रमा खासै क्षति नपुगे पनि अन्य सम्पदामा भने भूकम्पले नराम्ररी क्षति पुर्‍याएको थियो ।

बौद्धनाथ, स्वयंभूनाथ, बसन्तपुर, पाटन तथा भक्तपुर दरबार क्षेत्र र चाँगुनारायण मन्दिरमा भूकम्पले नराम्ररी क्षति पुर्‍याएको थियो ।

यी क्षेत्रमा रहेका दर्जनौं पुरातत्विक महत्वका मठ–मन्दिर तथा विभिन्न संरक्षचनाहरु भत्किए । तर, भूकम्प गएको झन्डै एक वर्ष पुग्न लाग्दासमेत ती सम्पदाहरुको पुनःनिर्माण सुरु हुन सकेको छैन ।

बौद्धनाथ र पाटन दरबार क्षेत्रको सुन्दरीचोकलगायतका केही स्थानको मर्मत सुरु गरिएपनि पूर्णरुपमा पुनःनिर्माणको काम भने अगाडि बढ्न सकेको छैन ।

यसका पछाडि विभिन्न कारणहरु रहेको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल बताउँछन् । (विस्तृत भिडियोमा हेर्नुहोस्) ।