
काठमाडौं, बैशाख ७ । कांग्रेस सभापति शेरवहादुर देउवा निर्वाचित भएको डेढ महिना पुगेको छ । देउवाले अब विधानको व्यवस्था अनुसार पदाधिकारी चयन, कार्यसमिति सदस्य मनोनयन, विभाग गठनसहितका काम एक महिनाभित्र गर्नु पर्ने हुन्छ ।
सन्देहमा खुमबहादुर
खुमबहादुर खड्कालाई उपसभापतिमा मनोनीत गर्ने देउवाको प्रतिबद्धता थियो । त्यसैले उनी उपसभापतिका स्वभाविक दाबेदार हुन्। तर देउवा अर्को महाधिवेशनमा सभापति बन्न पनि इच्छुक छन्। खुमबहादुरलाई उपसभापति बनाए शक्तिशाली हुने र उनले नै पछि सभापतिमा चुनौति दिने डर देउवालाई छ ।
महाधिवेशनमा हारेका अजर्नुननरसिंह केसी मात्र होइन, देउवा समूहका अरु नेता कार्यकर्ता पनि शंशाक कोइरालालाई जिताउन खड्काले क्रसभोटिङ गरेको र उनी विश्वसनीय नभएको भन्दै खड्काविरुद्ध देउवालाई उचालिरहेका छन् ।
हिन्दु राष्ट्रका नाममा कुनै पनि बेला खुमबहादुर र शशांक एक ठाउँमा उभिन सक्ने र देउवालाई धोका हुने उनीहरुको दाबी छ। पहिले प्रजातान्त्रिक हुँदा खुमबहादुुर एक्लै मातृपार्टीमा फर्केको उदाहरण उनीहरुले दिने गरेका छन् ।
खुमबहादुरविरुद्ध तेस्रो पंक्तिका नेताको आफ्नै हिसाब छ। ख्ड्का उपसभापति मनोनीत भए विमलेन्द्र निधि महामन्त्री बन्नेछन् र उनीहरुको भागमा सहमहामन्त्री पद मात्र आउनेछ। बलकृष्ण खाँण, पूर्णबहादुर खड्का, प्रकाशशरण महत, रमेश लेख वा एनपी साउदलगायतले महामन्त्री र सहमहामन्त्री दुबैमा दाबी गर्न पाउनेछन् ।
निर्विरोध विमलेन्द निधि
पदाधिकारीमा कोही निर्विरोध छ भने विमलेन्द्र निधिमात्रै छन् । खुमबहादुर उपसभापतिमा मनोनित भए उनी महामन्त्री हुने निश्चित छ नत्र उनी नै उपसभापति बन्नेछन् । देउवा खेममा गोपालमान श्रेष्ठबाहेक उनलाई कसैको कुनै चुनौती छैन् ।
विमलेन्द्रबाहेकमा रडाको
देउवा खेमामा पदाधिकारी आकांक्षी धेरै छन् । आधा दर्जनभन्दा बढी नेता महामन्त्री र सहमहामन्त्री बन्न कस्सिएका छन् । पूर्णवहाखदुर खड्का, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की र प्रकाशशरण महत महामन्त्रीका बलिया दाबेदार हुन् । रमेश लेखक, एनपी साउद, भीष्मराज आङ्दम्बे, चन्द्र भण्डारी र विश्वप्रकाश शर्माले सहमहामन्त्रीमा दाबी गर्न सक्छना् ।
पौडेल पक्षको पनि दाबी
अघिल्लो पटक तत्कालीन सभापति सुशील कोइरालाले देउवा खेमाका पूर्णबहादुर खड्कालाई सहमहामन्त्रीमा मनोनीत गरेका थिए । यही नजिर देखाएर पौडेल पक्षले पनि सहमहामन्त्रीमा दाबी गर्न सक्छ । -नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया दिनुहोस्