१४ चैत्र २०८१, बिहिबार | Fri Mar 28 2025


राजेन्द्र महतोले दिए यस्तो चेतावनी,‘काठमाडौंको आन्दोलन फेल हुँदैन’(भिडियो हेर्नुहोस)


0
Shares

काठमाडौं, बैशाख ७ । काठमाडौं केन्द्रीत आन्दोलन गर्ने तयारी गरिरहेको संयुक्त मधेसी मोर्चाका नेता राजेन्द्र महतोले अबको आन्दोलन कुनै हालतमा फेल नहुने दावी गरेका छन् ।

काठमाडौंमा विगत सातसाल देखि भएका सबै आन्दोलनहरु फेल नभएकाले आफूहरुले आन्दोलनको स्वरुप फेरेर काठमाडौं केन्द्रीत गरेको समेत बताए । इमेज च्यानलको ‘अलगधार’ कार्यक्रममा अन्तरवार्ताका क्रममा उनले केपी ओली सरकारले मधेसीहरुमाथि बेइमानी गरेको आरोप लगाए ।

काठमाडौं केन्द्रीत आन्दोलनमा हिमाल–पहाड–तराईका उत्पिडीत जनता सहभागी हुने उनले जानकारी दिए । मधेसमा लामो समयसम्म भएको आन्दोलनले जनताले दुःख पाएको तर सरकार संवेदशील हुन नसकेको उनको आरोप थियो ।

काठमाडौंमा हुन लागेको आन्दोलनमा ‘संघीय गठबन्धन’को व्यापक सहभागिता रहने महतोले जानकारी दिए । ‘नयाँ संविधानले हामीमाथि विभेद गरेकाले माग पुरा नभएसम्म निरन्तर आन्दोलन गर्छौ’ उनले भने ।

नेता महतोले आफूमाथि लगाइएको आरोप कसैले प्रमाणित गर्न सक्छ  भने कारवाही भोग्न तयार रहने महतोले बताए ।