
मनिष गुप्ता (इमेज)
कपिलवस्तु, जेठ ३ । कपिलवस्तुको कृष्णनगरबाट आफन्त नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले मानव बेचबिखनमा संलग्न रहेको आरोपमा पुनम परियार नाम गरेकी ‘बिचौलिया’लाई नियन्त्रणमा लिएको छ ।
उनले नवलपुरको रजहर घर भएकी एक महिलालाई ओमन पठाउने भन्दै शुक्रबार भारत लैजानेक्रममा कृष्णनगरबाट उद्धार गरिएको जनाइएको छ ।
परियारले उद्धार गरिएकी महिलालाई एक दिन काठमाडौंमा राखेर कृष्णनगर नाका हुँदै भारत लैजाँदै थिइन् ।
परियारलाई मानव बेचबिखन तथा ओसारपसार कानुनअन्तर्गत् कारबाही प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्