१३ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025


श्रीमानले हानेको ढुंगाले लागेर श्रीमतीको मृत्यु


0
Shares

गौर, वैशाख ८ । रौतहटको भसेढवामा गएराति श्रीमानले हानेकोे ढुङ्गाले लागेर श्रीमतीको मृत्यु भएको छ ।

घरायसी विवादमा गएराति १० बजे रामनारायण दासले हानेको ढुङ्गाले लागेर २४ वर्षिय श्रीमती मन्जु देवीको मृत्यु भएको हो ।

घटना पश्चात् रामनारायण दास आफैँ प्रहरीको सम्पर्कमा आएको ईलाका प्रहरी कार्यालय कटहरीया, रौतहटले जनाएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।