
नार (मनाङ), वैशाख ८ । यार्सा टिप्न गएका लमजुङ बाँझाखेत गाविस– ९ का ३० वर्षीय पूर्णबहादुर गुरुङको मृत्यु भएको छ ।
हिमालपारिको जिल्ला मनाङको ज्यादै विकट मानिने नार गाविसमा यार्सा टिप्न जाँदा माथिबाट आएको ढुङ्गाले लागेर उनको सोमबार मृत्यु भएको हो ।
सदरमुकाम चामेदेखि झन्डै १० घन्टाको विकट बस्ती भएकाले शव छिटो सदरमुकाम ल्याउन सकिएको छैन । स्थानीय परम्परानुसार नार गाविसको खोलामा अन्तिम संस्कारको प्रबन्ध मिलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्