१३ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025


एमाओवादीले दियो आफ्ना मन्त्रीलाई कडा निर्देशन


0
Shares

काठमाडौं, बैशाख ८ । एकीकृत माओवादीले आगामी आर्थिक वर्षको बजेटमा जनतालाई प्रत्यक्ष राहत दिने कार्यक्रम समावेश गर्न पार्टीका मन्त्रीहरुलाई निर्देशन दिएको छ ।

पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकमा संविधानमा उल्लेख गरिएको समाजवाद उन्मुख नीति अनुरुप जनताले राहतको महसुस गर्ने कार्यक्रम बजेटमा समावेश गर्न मन्त्रीहरुलाई निर्देशन दिइएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बजेटमा समावेश गर्ने कार्यक्रम दुई दिनभित्र पार्टीमा बुझाउन मन्त्रीहरुलाई निर्देशन दिएका हुन् ।

संविधानले समाजवादको नीति अख्तियार गरेकाले त्यही अनुसारका कार्यक्रम तर्जुमा गर्न निर्देशन दिइएको वन मन्त्री अग्नी सापकोटाले जानकारी दिए ।

बैठकमा सरकारको ६ महिनाको कामबाट आमजनता सन्तुष्ट नरहेको भन्दै प्रचण्डले परिणाम देखिने गरी काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका थिए ।

सरकारमा एमाओवादीले गृह, शिक्षा, उर्जा, सिंचाईं, आपूर्तिसहितका महत्वपूर्ण आठ वटा मन्त्रालय सम्हालिरहेको छ ।