२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


सरकार सहमति र सहकार्यका लागि तयार : प्रधानमन्त्री


0
Shares

पोखरा, वैशाख ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले समस्या समाधानका लागि सरकार सहमति र सहकार्यका लागि तयार रहेको बताएका छन् ।

पोखरा विश्वविद्यालयको १३औं दीक्षान्त समारोहलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नयाँ संविधान जारी भएपछि सबै तहका समस्याको सम्बोधन भएकोे दाबी गरे ।

विभिन्न संघर्षका चरण पार गरी देश अनुकुल स्थितिमा आएको भन्दै उनले केही असन्तुष्टि भए ती पनि संवादबाट समाधान गरिने बताए ।

समारोहमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले विश्वविद्यालयको विस्तारसँगै दक्ष जनशक्ति उत्पादन भैरहे पनि देशमा रहेको अपार प्राकृतिक स्रोतको उपयोग हुन नसकेको बताए ।