
काठमाडौं, वैशाख ८ । अपांगता भएका व्यक्तिहरुको विश्व परिषद् (डीआइपी) को परिषद् सदस्यमा नेपालले पहिलोपटक स्थान पाएको छ ।
राष्ट्रिय अपांग महासंघका अध्यक्ष सुदर्शन सुवेदी परिषद्को कार्यसमितिअन्तर्गत् कोषध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् ।
महासंघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार नेपालमा अपांगता भएका व्यक्तिहरुको क्षेत्रमा क्रियाशील महासंघको काम प्रशंसनीय रहेको भन्दै परिषद्को कोषध्यक्षमा नेपाललाई छनोट गरिएको हो ।
भारतको राजधानी नयाँदिल्लीमा एक साताअघि सम्पन्न एसिया प्यासिफिकको सम्मेलनले सुवेदीलाई कोषाध्यक्षमा छनोट गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्