
काठमाडौं, वैशाख ९ । नयाँ वर्ष २०७३ को उपलक्ष्यमा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले ल्याएको विभिन्न आकर्षक हेल्थ प्याकेजहरुको अवधि उपभोक्ताहरूको विशेष अनुरोधमा वैशाख ३१ गतेसम्मका लागि थप गरिएको छ ।
प्याकेज अन्तर्गत २०७३ रुपैँयामा कार्डियाक प्याकेज, अर्थोपेडिक प्याकेज, गाइनेकोलोजी प्याकेज, डर्माटोलोजी प्याकेज र डायबेटिज प्याकेजमध्ये आफ्नो रोजाइको कुनै एउटा प्याकेज गराउन सकिनेछ ।
कार्डियाक प्याकेजमा इसिजी, एको, सिबिसी, ब्लड सुगर फास्टिङ, क्रियाटिनिन, युरिन रुटिन, लिपिड प्रोफाइल, युरिक एसिड र कार्डियाक कन्शल्टेसन समाबेश गरिएको छ । अर्थोपेडिक प्याकेजमाः अर्थोपेडिक कन्शल्टेसन, बि एम डि (बोन मिनरल डेन्सिटी) हाडको बलियोपन जाँच गर्ने र सि बि सी (कम्प्लीट ब्लड काउन्ट) रगत सम्वन्धि जाँच समावेश छ ।
गाइनेकोलोजी प्याकेजमा गाइनोकोलोजी कन्शल्टेसन, म्यामोग्राफी र प्याप स्मियर टेस्ट समावेश गरिएको छ । त्यस्तै डर्माटोलोजी प्याकेजमा डर्माटोलोजी कन्शल्टेसन र लेजर सफ्ट पिल समावेश छ भने डायबेटिज प्याकेजमा इन्डोक्राइनोलोजि कन्शल्टेसन, डायटिशियन कन्शल्टेशन, ब्लड सुगर फास्टिङ, ब्लड सुगर पिपि, क्रियाटिनिन, युरिन रुटिन, लिपिड प्रोफाइल र युरिक एसिड समावेश गरिएको छ ।
उच्चरक्तचाप, मुटुरोग, हाडजोर्नी सम्बन्धि समस्याहरु, मधुमेह, स्त्री तथा प्रसुति रोग लगायतका समस्याहरु बढ्दै गएको अवस्थामा सर्वसाधारणलाई स्वास्थ्यप्रति जागरुक बनाउन र रोगहरुको समयमै निदान गरी भविष्यमा आउनसक्ने जटिल अवस्था रोकथाम गर्न प्याकेज ल्याइएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्