
हेटौंडा, बैशाख ९ । हेटौंडा उपमहानगरपालिका मेनरोडस्थित एक घरमा आज आगलागी भएको छ ।
धिरेन्द्र शाक्यको घरमा आगलागी हुँदा करिव एक करोड रुपैयाँ बराबरको क्षति भएको छ । पानी तान्ने मेसिन सर्ट हुँदा आगलागी भएको हो ।
आगलागीबाट शाक्यको घरमा रहेको गोदाममा रहेका प्लाइवुड, विद्युतीय सामाग्री र एउटा मोटरसाइकल जलेर नष्ट भएका छन् ।
दमकल, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा साढे २ घण्टापछि आगलागी नियन्त्रणमा आएको छ ।
प्रतिक्रिया दिनुहोस्