२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


भूकम्पपछि उद्धारमा सक्रियहरु सम्मानित


0
Shares

काठमाडौं, वैशाख ९ । गत वर्ष गएको विनाशकारी भूकम्पको महाविपत्तिमा परेकाहरुको उद्धारमा सक्रिय सहभागी हुनेहरुलाई विहीबार काठमाडौंमा सम्मान गरिएको छ ।

भूकम्प गएको एक वर्षको सन्दर्भ पारेर अन्तर्राष्ट्रिय गैरसरकारी संस्था संघ (एआइएन)ले उद्धारमा सक्रिय सहभागीहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा विभिन्न संघ–संस्था, सन्चारमाध्यम तथा सेना र प्रहरीका प्रतिनिधिहरु छन् ।

कार्यक्रममा एआइएनका निमित्त अध्यक्ष सराह व्लिनले संकटमा परेकाहरुको जीवनरक्षाका लागि योगदान गर्नेहरुकोे प्रशंसा गरिन् ।

उनले एआइएन भूकम्पपछिको पुनःनिर्माणका लागि स्थानीय तथा राष्ट्रिय सरकारी निकायहरुसँग समन्वय र सहकार्य गरी अघि बढ्न तयार रहेको बताइन् ।

कार्यक्रममा भूकम्पका बेला भएको क्षतिसम्बन्धी वृत्तचित्रसमेत देखाइएको थियो ।