
नवीन शर्मा/उत्तम मानन्धर (इमेज)
सिन्धुपाल्चोक, वैशाख ९ । नियतिले जस्तोसुकै परिणाम ल्याएपनि जीवन गुजार्न संघर्ष गर्नैपर्ने हुन्छ ।
गत वैशाखको विनाशकारी भूकम्प र त्यसपछिको पराकम्पनले सबैभन्दा बढी क्षति पुगेको सिन्धुपाल्चोकका बासिन्दा अझै यस्तै नियतिकासाथ कस्टकर दैनिकी बिताउन बाध्य छन् ।
भूकम्पको पीडाले सिन्धुपाल्चोकबासीका आँखा अझै ओभाइसकेका छैनन् । भत्किएका र चर्किएका घर अनि फेरि अर्को विपत्ति आउला कि भन्ने डरबीच उनीहरु दिन गुजार्न बाध्य छन् ।
भूकम्प गएको एक वर्ष हुँदासमेत पुनःर्निमाणको कामले तीव्रता नपाउँदा उनीहरुको मन दुखेको छ । अधिकांश भूकम्पपीडितले सरकारले सुरुमा दिएको १५ हजार रुपैयाँबाहेक अन्य सहयोग नपाएको गुनासो गरेका छन् ।
अनि, जीवन निर्वाहका लागि उनीहरु आफैं जुट्न थालेका छन् । सिन्धुपाल्चोकको स्याउले गाविसबाट पुनःनिर्माण गर्ने पुनःनिर्माण प्राधिकरणको तयारी भए पनि ती योजना अझै सुरु हुन सकेका छैनन् ।
कतिपय भूकम्पपीडितले राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संघ–संस्थालाई गुहारेर पुनःनिमाणमा जुट्ने प्रयास गरिरहेका छन् ।
भूकम्पबाट चौतारामा रहेको पानी संकलन केन्द्र ध्वस्त भएपछि लामो समयसम्म स्थानीय बासिन्दा पीउने पानीको अभाव ब्यहोर्न बाध्य भए ।
तर, उनीहरुको पीडामा मल्हम लगाउन जाइकाले संकलन केन्द्रको पाइप मर्मत थाल्यो ।
जुगलखेल खर्क होल्चे खानेपानी योजना निर्माण गरी केही गाविसमा पानी पुर्याउने काम भर्खरै सकिएको छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्