
राजविराज, वैशाख ९ । सप्तरीको कन्चनपुर नगरपालिका–११ मा विहीबार मोटरसाइकल र साइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने अरु तीनजना घाइते भएका छन् ।
मृत्यु हुनेमा साइकलको पछाडि बसेका बिजल सदा रहेका छन् । उनको उपचारकाक्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
दुर्घटनामा परी साइकलचालक सप्तरी पोर्ताहा–८ का देवु सदा, मोटरसाइकलचालक झापा शनिश्चरे–१ का सुजन लिम्बु र मोटरसाइकलको पछाडि बसेका सोही ठाउँका सब्दा मियाँ घाइते भएका प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्