
बारा, वैशाख ९ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकले विभिन्न आरोह–अवरोह पार गर्दै यहाँसम्म आइपुगेको भन्दै ढुक्क भएर अघि बढ्न मातहतका सुरक्षा निकाय प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
बाराको पथलैयामा विहीबार भएको विशेष क्षेत्रीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री बस्नेतले मुलुकले आन्दोलन र अस्थिरता नभइ शान्ति, सुरक्षा र विकास खोजेको बताए ।
संविधान कार्यान्वयन रोक्न विभिन्न तत्वहरुबाट चलखेल हुनसक्ने भन्दै उनले त्यसलाई परास्त गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा मध्यमाञ्चल क्षेत्रीय प्रमुखहरुकासाथै मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा प्रमुखहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्