Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


एनसेलद्वारा लाभकर नतिर्ने जनाउ


0
Shares

काठमाडौं, वैशाख १० । एनसेलले ठूला करदाता कार्यालयलाई ८० प्रतिशत सेयर हस्तान्तरणबारे जानकारी नभएको भन्दै कर नतिर्ने जनाएको छ । उसले दुई दिनअघि ठूला करदाताको कार्यालयलाई पत्र लेख्दै ८० प्रतिशत कारोबारमा पुँजीगत लाभकर नतिर्ने भनेको हो ।

नेपाली लगानीकर्ताको २० र ‘अफसोर’ कारोबारको ८० प्रतिशत सेयर हस्तान्तरको समाचार सार्वजनिक भएपछि गत साता ठूला करदाता कार्यालयले एनसेल खरिदबिक्रीबारे कम्पनीसँग विवरण मागेको थियो । ‘तर कम्पनीले ८० प्रतिशत सेयर हस्तान्तरणबारे जानकारी नभएको विवरण पेश गर्दै पुँजीगत लाभकर नतिर्ने पत्राचार गरेको छ,’ स्रोतले भन्यो, ‘सेयर हस्तान्तरण भएको उसले विज्ञप्ति जारी गर्ने, वेबसाइटमा लोगो परिवर्तन गर्ने, व्यवस्थापनमा कर्मचारी हटाउने÷कटाउने काम भएको आधारमा ठूला करदाता कार्यालय कर लगाउने ठाउँको खोजीमा छ ।’

एनसेलको उक्त पत्रसँगै ८० प्रतिशत सेयर हस्तान्तरणको पुँजीगत लाभकर उन्मुक्ति दिने सम्भावना बढेको छ ।
–कान्तिपुर दैनिकबाट