२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


पासाङ ल्हामुको योगदानलाई राज्यले सम्मान गर्न नसकेको गुनासो


0
Shares

काठमाडौं, वैशाख १० । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको स्मारकमा माल्यार्पण गर्दै उनीप्रति सम्मान व्यक्त गरेका छन् ।

राजधानीको चुच्चेपाटीमा रहेको शेर्पाको स्मारकस्थलमा पुगेर प्रधानमन्त्रीले उनीप्रति सम्मान ब्यक्त गरेका हुन् ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले पर्वतीय पर्यटनको क्षेत्रबाट नेपाललाई चिनाउन पासाङ ल्यामु शेर्पाले महत्वपूर्ण योगदान गरेको चर्चा गरे ।

२३ औं पासाङ ल्हामु प्रतिष्ठा दिवसको सन्दर्भमा आज पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले गरेको कार्यक्रममा अन्य वक्ताहरुले भने राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको योगदानलाई राज्यले सम्मान गर्न नसकेको गुनासो गरे । उनीहरुले सगरमाथा आरोही प्रथम नेपाली महिला शेर्पाको नाममा प्रतिष्ठान गठन भए प्रतिष्ठानको काम अघि बढाउन सरकारबाट पर्याप्त सहयोग नपाएको बताए ।

कार्यक्रममा पर्यतीय क्षेत्रमा बिशिष्ट योगदान पु¥याएको भन्दै विभिन्न क्षेत्रका व्यक्तित्व र विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।