२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


दाङमा एक हजार ७९० अपराधी फरार सूचीमा


0
Shares

दाङ, जेठ ३ । दाङ जिल्ला अदालतले एक हजार ७९० जना अपराधी फरार सूचीमा रहेको तथ्यांक सार्वजनिक गरेको छ ।

अदालतले २००८ सालदेखि २०७५ सालसम्मका फरार अपराधीको नामावलीसहितको सूची सार्वजनिक गरेको हो । विभिन्न अपराधमा संलग्न भई कैद तथा जरिवाना पाएका तर फरार रहेकाहरुको सूची अदालतले सार्वजनिक गरेको हो ।

कैद तथा जरिवानाको फैसला भएका १ हजार ७ सय ७२ जना नेपाली र १८ जना विदेशी फरार सूचीमा देखिएका छन् । कैद सजाय तोकिएका २ सय ७९ नेपाली र ९ विदेशी रहेका छन् ।

जरिवाना तोकिएका १ हजार ८५ नेपाली र ५ जना विदेशी रहेका छन् भने कैद तथा जरिवाना दुबै फैसला भएका ४०८ नेपाली र ४ विदेशी छन् ।

अदालतले २००८ सालदेखि हालसम्म फैसला भएका तर फरार रहेका अपराधीहरुको नामावली सहितको विवरण दाङका १० वटै स्थानीय तहहरुमा ठेगानासहित पठाएको फैसला कार्यान्वयन अधिकारी वसन्तराज जोशीले जानकारी दिए ।