२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


बालाजुको बाइसधारामा विशेष मेला


0
Shares

काठमाडौं, वैशाख १० । राजधानीस्थित बालाजुको बाइसधारामा आज विशेष मेला लागेको छ ।

प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाको दिन बालाजु बाइसधारमा मेला लाग्ने गर्छ । आजको दिन बाइस धारामा स्नान गरेमा रोगब्याधीबाट मुक्त हुने विश्वास छ ।

मेलामा काठमाडौं उपत्यका लगायत छिमेकी जिल्लाहरुबाट पनि सर्वसाधारण पुगेका छन् । आजै बालाजुको म्हँेपी मन्दिरमा अजिमाको जात्रा गरिएको छ ।