
अछाम, वैशाख १० । अछाममा जङ्गली जनावर बँदेलको चोरी सिकारी बढ्न थालेको छ । जिल्लाको लेकाली भेगको जङ्गलबाट जङ्गली जनावर बँदेलको चोरी सिकारी भइरहेको हो ।
जिल्लाका रामारोशन, वाटुलासेन, मलातिकोट, वान्नातोली, कालेकाँडा, तोली, बस्तीलगायतका लेकाली भेगका जङ्गलबाट जङ्गली जनावर बँदेललाई पासो थाप्ने, घेराबन्दी गरेर लखेट्ने, खाल्डोमा पार्नेलगायतका विभिन्न तरिका अपनाएर चोरी सिकारी हुने गरेको छ ।
जङ्गली जनावर बँदेलको चोरी सिकार गरेपछि जिल्लाका स्थानीय बजारमा बँदेलको मासु भन्दै बिक्रीका लागि आउने गरेको स्थानीय मङ्गलसेन बजारका एक व्यापारीले बताए ।
जिल्लाका जङ्गलहरुमा जङ्गली जनावर बँदेल बथानका बथान भेटिने गर्दछ ।
जिल्ला वन कार्यालयले भने चोरी सिकारी नियन्त्रणका लागि समुदायस्तरमा व्यापक जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरेको जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्