२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


भारतको दबाब आउनु र मधेसी दलले आन्दोलन गर्नु बुझिनसक्नु : उपप्रम मैनाली


0
Shares

पोखरा, वैशाख १० । उपप्रधानमन्त्री एवं महिला, बालबालिका तथा समाज कल्याणमन्त्री सीपी मैनालीले भारतबाट संविधान संशोधनका लागि दबाब आउनु र मधेसी दलहरुले आन्दोलन गर्नु बुझिनसक्नु भएको बताएका छन् ।

नेपाल नेत्रहीन संघ केन्द्रीय सभाको २३औं अधिवेशनको शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले संविधानमा केही कमजोरी भए वार्ता र संवादबाट टुंग्याउन सकिने बताए ।

माओवादीको साथ लागेर जातीय राज्यका लागि उत्रेका केही समूहका कारण देश संकटमा फसेको उनको भनाइ थियो ।