२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


सैनिक मुख्यालय पुनःनिर्माण सुरु


0
Shares

काठमाडौं, वैशाख १० । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालयस्थित मुख्य भवन पुनःनिर्माणको शुक्रबार शिलान्यास गरेका छन् ।

विनाशकारी भूकम्पबाट सैनिक मुख्यालय भवन पनि क्षतिग्रस्त बनेको थियो ।

भूकम्पप्रतिरोधी भवन दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो अवसरमा जानकारी दिइयो ।

भूकम्पबाट देशभर रहेका एक हजार १ सय बढी सैनिक भवनहरुमा क्षति पुगेको थियो ।