२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


बारबरा एडम्सको शव एकेडेमीमा


0
Shares

काठमाडौँ, १२ वैशाख । यही वैशाख १० गते निधन भएकी पत्रकार बारबारा एडम्सको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा सोमबार बिहान ९ देखि ११ बजेसम्म राखिने भएको छ ।

त्यसै दिन एडम्सको अन्तिम चाहना बमोजिम उनको दासंस्कार पशुपति आर्यघाटमा गर्ने कार्यक्रम तय गरिएको छ बारबरा शान्ति प्रतिष्ठानले जनाएको छ ।

बेलायती महारानी एलिजावेथ द्वितीयाको नेपालमा सम्पन्न राजकीय भ्रमणको सिलसिलामा उनी सन् १९६० मा पहिलो पटक नेपाल आएकी थिइन ।

नेपाल आएपछि उनी मृत्युपर्यन्त नेपालमै रहँदै आएकी थिइन । नेपालमा व्यावसायिक पर्यटनको सुरुआत तथा प्रवद्र्धन गर्न एडम्सको अमूल्य योगदान रहेको छ । नेपाली समाजका विविध विधामा उनले स्वतन्त्र कलम चलाउँदै आएकी थिइन ।

उनले २०६५ सालमा नेपाली नागरिकता प्राप्त गरेकी थिइन । उनी पछिल्ला वर्षमा नेपालको सुदूरपश्चिमका बैतडी र दार्चुला जिल्लाका भूमिहीन र सुकुम्बासीका लागि घर बनाउने अभियानमा सक्रिय थिइन ।

उन खोजी पत्रकारिताको संस्थागत विकास होस् भन्ने उद्देश्यले त्रिवि, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागमा ‘बारबरा एडम्स खोजी पत्रकारिता सम्मान’ स्थापना गरेकी थिइन । रासस