२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


0
Shares

हेटौँडा, वैशाख १२ । चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना२ख ३२८० नम्बरको ट्रकले हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना१२प ३६३९ नम्बरको मोटरसाइकललाई आज मध्यान्ह हेटौँडा–नारायणगढखण्डको राप्ती खोला पुल नजिकै ठक्कर दिँदा मोटरसाइक चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोक नाला स्थायी घर भई हाल हेटौँडा उपमहानगरपालिका–८ कमाने बस्ने ५८वर्षीय होमनाथ गौतम रहेकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त मोटरसाइकलको पछाडि बस्ने नालाकै ६२ वर्षीय रामेश्वर बजगाईँ भने गम्भीर घाइते भई थप उपचारका लागि चितवन मेडिकल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । (रासस)