२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


पुनर्निर्माण प्राधिकरणको गति सुस्त भएको मानवअधिकार आयोगका अध्यक्षको टिप्पणी


0
Shares

काठमाडौं, वैशाख १२ । मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले पुनर्निर्माण प्राधिकरणको गति सुस्त भएको टिप्पणी गरेका छन् ।

आयोगले आयोग परिसरमा गरेको कार्यक्रममा उनले प्राधिकरणको काम बालुवामा पानी हालेको जस्तो भएको टिप्पणी गरे । प्राधिकरणलाई पारदर्शी र जवाफदेही बनाउन सबै पक्षबाट पहल हुनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा भूकम्पमा मानव अधिकार अवस्था अनुगमन प्रतिबेदन सार्वजनिक गरिएको थियो । प्रतिवेदनमा आयोगले नेपाल सरकारलाई उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणसम्बन्धमा विभिन्न सुझावहरु दिएको छ ।