२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


निक्षेपकर्ताको रकम ठगेर फरार सुधिर बस्नेतमाथि कारवाही गर्न माग


0
Shares

काठमाडौं, वैशाख १२ । रकम ठगी गरी फरार भएका ओरियन्टल सहकारी लिमिटेडका अध्यक्ष लगायत सञ्चालक समितिका सदस्यहरुलाई कारबाही गर्न पीडितहरुले सरकारसँग माग राखेका छन् ।

ओरियन्टल सहकारीका पीडित निक्षेपकर्ताहरुले चार बर्ष अगाडी करिब ७ हजार निक्षेपकर्ताहरुको रकम ठगी गरी फरार रहेका ओरियन्टल फाइनान्सका अध्यक्ष सुधीर बस्नेत लगायतलाई कारवाहीको माग गरेका हुन् ।

सरकारले रकम ठगी गर्नेहरुलाई कारवाहीको सट्टा संरक्षण गरेको आरोप लगाउँदै पीडितहरुले कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।