
मोरङ, बैशाख १३ । संखुवासभाको खाँदबारी नगरपालिका–१३ स्थित तुम्लिङटारमा आज बिहान मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।
घाइते हुनेमा मोटरसाइकलमा सवार धनकुटा, पाख्रिवास–४ बस्ने ३५ वर्षीय सोमबहादुर पौडेल र संखुवासभा, धुपु–९ बस्ने १२ बर्षीय विसाल राई रहेका छन् ।
पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार को१९प ७९९९ नम्बरको मोटरसाइकल आज बिहान ३ बजेतिर उक्त स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते दुवैको बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्