२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


क्याम्पस प्राङ्गणमा दिवंगतहरुको सम्झना


0
Shares

काठमाडौं, बैशाख १३ । विध्वसंकारी महाभूकम्पमा परी दिवंगत भएका व्यक्तिहरुको सम्झनामा आइतबार देशभर विभिन्न कार्यक्रमहरु भए । राजधानीका क्याम्पसहरुमा विद्यार्थीहरुले क्याम्पस प्राङगणमा दीप प्रज्वलन गरी दिवंगतप्रति श्रद्धाञ्जली दिए ।

शंकरदेव क्याम्पसमा रहेको युथ रेडक्रस सर्कलले क्याम्पस प्राङ्गणमा आइतबार साँझ दीप प्रज्वलन गरी दिवंगतहरुको सम्झना गरेको छ ।

 कार्यक्रममा सर्कलका संयोजक निश्कल राईले भूकम्पको जोगिमबाट सुरक्षित रहन अपनाउनु पर्ने विधी सिकेर सबैलाई सिकाउनु पर्ने बताए ।

स्ववियू सभापति शुभराम बस्नेतले भूकम्पबाट प्रभावित क्षेत्रमा चाँडो पुनर्निर्माणको काम सम्पन गरी पीडितहरुको मुहारमा खुशी दिलाउन सरकारले छिटो काम गर्न सुझाव दिए । कार्यक्रमा विभिन्न विद्यार्थी संगठनका नेता, कर्मचारी तथा सर्वसाधारणको सहभागिता थियो ।