२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


विद्यार्थी संगठनद्धारा जिल्ला शिक्षा अधिकारीमाथि ‘हातपात’


0
Shares

कन्चनपुर, वैशाख १३ । संयुक्त विद्यार्थी संगठनले कन्चनपुरका जिल्ला शिक्षा अधिकारी श्यामसिंह धामीमाथि सोमबार अभद्र व्यवहार गर्दै हातपात गरेका छन् ।

जिल्लाका विविध शैक्षिक गतिविधिसम्बन्धी बैठक चलिरहेका बेला विद्यार्थी संगठनका नेताहरुले आफूमाथि हातपात गर्दै कालोमोसो दल्ने प्रयास गरेको जिल्ला शिक्षा अधिकारी धामीले बताए ।

तर, विद्यार्थीहरुले भने अवैधानिक विद्यालयलाई अनुमति दिएको विषयमा विभिन्न निजी विद्यालयलगायत सरोकारवालासँगको छलफलका लागि आफूहरु गएको भएपनि जिल्ला शिक्षा अधिकारीमाथि हातपात नगरेको बताएका छन् ।