२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


‘अब कोही पनि नागरिक शिक्षा र स्वास्थ्यबाट बन्चित हुनु पर्दैन’


0
Shares

काठमाडौं, वैशाख १३ । स्वास्थ्यमन्त्री रामजनम चैधरीले अब कोही पनि नागरिक शिक्षा र स्वास्थ्यबाट बन्चित हुनु नपर्ने दाबी गरेका छन् ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स्प्लान्ट सेन्टरको सातौं वार्षिकोत्सव कार्यक्रममा सोमबार उनले संविधानमै शिक्षा र स्वास्थ्यलाई मौलिक हक भनिएकाले कसैले त्यसबाट बन्चित हुनु नपर्ने तर्क गरे ।

कार्यक्रममा मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले बिरामी उपचारप्रति सन्तुष्ट छ कि छैन भन्ने निक्र्यौलबाट चिकित्सकको क्षमता मापन गर्नुपर्ने अवस्था आएको बताए ।

सो अवसरमा सेन्टरको वार्षिक प्रतिवेदनसमेत सार्वजनिक गरिएको थियो ।