
काठमाडौं, वैशाख १४ । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री भीम रावलले सेनाको हेलिकोप्टर पार्टीको कार्यक्रममा सहभागी हुन दुरुपयोग गरेका छन् ।
एमाले उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री रावलले अछाम, बाजुरा र डडेल्धुरामा चार दिनसम्म आफ्नो पार्टीका कार्यक्रम साथै विद्यालय, मन्दिर, उदघाटन तथा अभिभावक भेलाजस्ता कार्यक्रममा सहभागी हुन सेनाको हेलिकोप्टर प्रयोग गरी राज्यस्रोतको दुरुपयोग गरेका हुन् । सेनाको एनए ०५७ हेलिकोप्टर लिएर वैशाख ९ गते अछाम हिँडेका रावलले अछाम, डडेल्धुरा र बाजुरामा पार्टीका विभिन्न कार्यक्रम उदघाटन गरेका थिए ।
सैनिक प्रवक्त ताराबहादुर कार्कीले रक्षामन्त्रीको सैनिक ब्यारेक निरीक्षणको प्रयोजनले सेनाको हेलिकोप्टर गएको बताए । ‘मन्त्रीज्यूले सेनाको ब्यारेक निरीक्षण गर्ने भनेर हेलिकोप्टर गएको हो,’ कार्कीले भने, ‘उता गएर कुनकुन कार्यक्रममा प्रयोग भयो, त्यो जानकारी भएन ।’
–अन्नपूर्ण पोस्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्