६ श्रावण २०८२, मंगलबार | Wed Jul 23 2025


पर्वतमा कोरोना भाइरस समुदायमा फैलियो


0
Shares

पर्वत । पर्वतमा कोरोना भाइरस समुदायमा फैलिएको पाइएको छ ।

पर्वतमा आज बिहान थप भएका दुई जना कोरोना संक्रमित स्वास्थ्यकर्मीसँगको सम्पर्कमा भएका व्यक्ति भएको र कन्ट्रयाक्ट ट्रेसिङका क्रममा स्वाब पठाइएकोमा संक्रमण पुष्टि भएको थियो ।

उनीहरु कुस्मा नगरपालिकाका २७ र ३२ वर्षका पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । ती संक्रमित भारतबाट फर्किएका होइनन् र क्वारेन्टिनमा बसेका पनि होइनन् ।

त्यसमध्ये एक जना सर्वसाधारण र एक जना अस्पतालमा कार्यरत नभएपनि स्वास्थ्यकर्मी नै रहेको बताइएको छ । उनीहरु स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रहेका व्यक्ति हुन् ।

स्वास्थ्यकर्मीको कन्ट्रयाक्ट ट्रेसिङका क्रममा स्वाब संकलन गरिएको र २ जनामा पोजेटिभ रिजल्ट आएका कारण आइसोलेसनमा लैजाने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका तथ्याँक अधिकृत प्रविण भण्डारीले जानकारी दिए ।