३० जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025


मध्यरातमा बुटवलमा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु


0
Shares

बुटवल, वैशाख १४ । महेन्द्र राजमार्गस्थित रुपन्देहीको बुटवलमा गएराति नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृतक करिब ५५ वर्षीय पुरुष रहेको उनको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

मृतकको शवलाई पोष्टमार्टमको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

मध्यरातमा ठक्कर दिएर सवारी साधनसहित फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।