
वीरगन्ज, बैशाख १४ । प्रहरी संगठनको मर्यादाविपरीत काम गरेको भदै पर्सामा ६ महिनामा यता ३६ जना प्रहरी कारवाहीमा परेका छन् ।
कारवाहीमा पर्नेमा २५ जना प्रहरी जवान, सात जना हवल्दार, दुई जना प्रहरी सहायक निरीक्षक र दुई जना नायब निरीक्षक रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए ।
कारबाहीमा पर्ने एक जना प्रहरी नायव निरीक्षक जागिरबाट बर्खास्त भएका छन् भने चार जना जवानको पदोन्नति रोक्का भएको छ ।
अन्यको ग्रेड रोक्का गरिएको छ । त्यसैगरी संगठनमा उत्कृष्ट काम गर्ने केहीलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्