३० जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025


सप्तरीमा भीषण आगलागी, १५ घर जलेर नष्ट


0
Shares

सप्तरी, बैशाख १४ । सप्तरीको दिघवा गाविसमा भीषण आगलागी हुँदा १५ घर जलेर नष्ट भएका छन् ।

सर्युग भगतको घरबाट अचानक सल्केको आगो तत्काल नियन्त्रण गर्न नसकिएपछि नजिकका अन्य घरसमेत जलेर नष्ट भएका हुन् ।

आगलागीबाट करिव ५० लाख रुपैयाँ बराबरको क्षति भएको सप्तरी प्रहरीले जनाएको छ ।

राजविराज नगरपालिकाबाट पुगेको बारुण यन्त्र, स्थानीयवासी, प्रहरी र सेनाको सहयोगमा ३ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

एक महिनायता सप्तरीका विभिन्न ठाउँमा भएको आगलागीमा १ सय ७ घर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।