२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


आगलागीबाट १९ वटा घर–गोठ जले


0
Shares

पाँचथर, बैशाख १४ । पाँचथरको स्याबरुम्बा–२ स्थित वनमा लागेको आगो वस्तीमा फैलँदा १९ वटा घरगोठ जलेर नष्ट भएका छन् ।

आगलागीबाट ७० लाख रुपैयाँभन्दा बढीको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

आगलागीबाट अन्न, लत्ताकपडा, सुनचाँदीका गरगहना जल्नुका साथै पशु चौपायसमेत जलेर मरेका छन् । वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।