
काठमाडौं, वैशाख १४ । लामो समयको खडेरीपछि हुम्लामा फैलिएको रुघाखोकी, मौसमी ज्वरो र दमले १६ जनाको मृत्यु भएको छ ।
स्याडा र राया गाविसमा फैलिएको रुघाखोकीले १६ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका निमित्त प्रमुख अमरदीप देवले जानकारी दिए ।
जिल्ला स्वास्थ कार्यालय हुम्लाले बिरामीको उपचारका लागि गाउँमा चिकित्सकको टोली पठाइसकेको जनाएको छ । मृत्यु हुनेमा १५ जना ६० वर्ष माथिका र एकजना ३७ वर्षीय पुरुष छन् ।
रुघाखोकी र मौसमी ज्वरोको कारणले दुईजनाको फागुनमा, सातजनाको चैतमा र सातजनाको वैशाखमा मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयले बाँकी प्रभावित २४ गाविसमा औषधि पठाइसकिएको पनि जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्