३० जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025


वैशाख २१ गते बजेट अधिवेशन आह्वान गर्न सरकारको सिफारिस


0
Shares

काठमाडौं, वैशाख १४ । सरकारले यही वैशाख २१ गते व्यवस्थापिका–संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

मन्त्रिपरिषदको मंगलबार सिंहदरबारमा बसेको बैठकले वैशाख २१ गते बिहान ११ बजेका लागि बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

बैठकले सशस्त्र प्रहरीको महानिरीक्षकमा दुर्जकुमार राईलाई नियुक्त गरेको छ ।

यस्तै, बैठकले झुटो विवरण पेश गरी रुपन्देहीबाट नेपाली नागरिकता लिएका तीनजना भारतीय नागरिकको नेपाली नागरिकता खारेज गर्ने निर्णय पनि गरेको छ ।

बैठकले स्थानीय विकास सहायकमन्त्री विराट विष्टलाई पदमुक्त गरी उनको स्थानमा रेशम थापालाई नियुक्त गरेको छ ।

फाइल फोटो