३१ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025


विद्यार्थीले ‘हातपात’ गरेपछि कर्मचारीबाटै जिल्ला शिक्षा कार्यालयमा ताला


0
Shares

कन्चनपुर, वैशाख १४ । सुरक्षाको कारण देखाउँदै जिल्ला शिक्षा कार्यालय कन्चनपुरमा कामकाज ठप्प पारिएको छ ।

संयुक्त विद्यार्थी संगठनले सोमबार जिल्ला शिक्षा अधिकारीलाई अभद्र व्यवहार गरी हातपात गरेको भन्दै जिल्ला शिक्षा कार्यालयका कर्मचारीले मंगलबार गेटमा ताला लगाएर कामकाज ठप्प पारेपछि सेवाग्राही मर्कामा परेका छन् ।

कार्यालयको गेटमा खटिएका सुरक्षाकर्मीले जिल्ला शिक्षा अधिकारीबाट कार्यालयभित्र प्रवेशका लागि रोक लगाइएको भन्दै सेवाग्राही तथा पत्रकारलाई गेट बाहिरबाटै फर्काएका हुन् ।

उता, जिल्ला शिक्षा अधिकारी श्यामसिंह धामीले भने कार्यालयमा कामकाज ठप्प नभएको भन्दै नियमित कामहरु सन्चालन भइरहेको बताए ।