Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


दूधमति नदी सफाइ अभियान सुरु


0
Shares

जनकपुर, वैशाख १४ । धनुषास्थित दूधमति नदीको सरसफाइ अभियान सुरु गरिएको छ ।

दूधमति नदी गरिमा संरक्षण समितिको सक्रियतामा दुर्गन्धित र फोहोर अवस्थामा रहेको जनकपुरधामको पश्चिमी क्षेत्रमा रहेको दूधमति नदीको सफाइ अभियान सुरु गरिएको हो ।

मंगलबार गरिएको सफाइ अभियानमा जनकपुर सफाइका अभियन्ता सेभ हिस्टोरिकल जनकपुरका अध्यक्ष रामआशिष यादव, दूधमति नदी गरिमा संरक्षण समितिका अध्यक्ष भोगेन्द्रलाल कर्ण, समाजसेवी नवल मुरारका, हरि पञ्जियार, दिलिप गुप्तासहित गंगासागर सफाइका अभियन्ता र सर्वसाधरणको सहभागिता रहेको थियो ।

२०७० साल फागुन ११ गते जनकपुरको गंगासागरबाट सुरु भएको सफाइ अभियानको प्रभाव जनकपुरको धनुषसागर, अंगराजसर, धनुषाधाम, मणिमन्डपसहित दूधमति नदीको सफाइमासमेत परेको छ ।