२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


रुपनीमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु


0
Shares

सप्तरी, बैशाख १५ । पूर्व–पश्चिम राजमार्गअन्र्तगत सप्तरीको रायपुर–८ स्थित रुपनीमा मंगलबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा शम्भुनाथ नगरपालिका–६ का आनन्दी सरदार र तेरहौता ५ का अशोक सरदार छन् ।

आनन्दीको घटनास्थलमा र अशोकको उपचारको क्रममा धरानमा मृत्यु भएको हो ।

तेरहौता–६ का सन्तोष चौधरीको भने धरानमै उपचार भइरहेको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ६ प ६९७४ नम्बरको मोटरसाईकलले सोही दिशामा रोकेर राखिएको स १ त २६३४ नम्बरको ट्याक्टरलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।