२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


द्वन्द्वको समयमा भएका घटनाको ३३ वटा उजुरी दर्ता


0
Shares

ताप्लेजुङ, बैशाख १५ । ताप्लेजुङमा द्वन्द्वको समयमा भएका घटनाको ३३ वटा उजुरी दर्ता भएका छन् ।

सत्य निरुपण तथा मेलमिलाप आयोगले स्थानीय शान्ति समितिको कार्यालयमार्फत् देशैभर उजुरी संकलन गर्न सुरु गरेसँगै ताप्लेजुङमा हालसम्मको ३३ वटा उजुरी दर्ता भएका हुन् ।

स्थानीय शान्ति समिति ताप्लेजुङले बेपत्ता पाँच र बाँकी घाईते, अपांग, विस्थापित, सम्पती क्षति, अपहरण, हत्या र बलात्कारसम्बन्धी उजुरी परेको जनाएको छ ।

एक वर्ष अघि गठन भएको आयोगले आगामी असार दुई गतेसम्म उजुरी लिने जनाएको छ ।

आयोगले २०५२ साल फागुन १ देखि २०६३ मंसिर १ गतेसम्म भएको शसस्त्र द्वन्द्वको समयको मात्र उजुरी लिने जनाएको छ ।