
काठमाडौं, बैशाख १५ । व्यवस्थापिका संसद्अन्तर्गतको वातावरण समितिले चुरे संरक्षणमा भइरहेको प्रयासबारे सम्वन्धित मन्त्रालयका पदाधिकारीहरुसँग छलफल गरेको छ ।
समितिले आज सिंहदरबारमा बोलाएर राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति र वन मन्त्रालयका पदाधिरीहरुसँग छलफल गरेको हो ।
बैठकमा वन तथा भू संरक्षणमन्त्री अग्नीप्रसाद सापकोटाले वन र चुरे क्षेत्रको संरक्षका लागि नयाँ योजना ल्याउने तयारी सरकारले गरिरहेको जानकारी दिए ।
उनले मधेस आन्दोलनका कारण कतिपय काम हुन नसकेको भन्दै मधेसका समस्या समाधान पछि काम तिव्र रुपमा अघि बढ्ने बताए ।
वन संरक्षणमा दातृ निकायबाट सहयोग आउने तयारी भइरहे पनि अझै उपलब्ध हुन नसकेको उनको भनाइ थियो ।
मन्त्री सापकोटाले विदेशी सहयोग विनै पनि मन्त्रालयले आफ्नो काम पुरा गर्न सक्ने दाबी गरे ।
समितिका सदस्यहरुले विवादित नीति तथा नियमका कारण वन र चुरे क्षेत्रको संरक्षण व्यवस्थित हुन नसकेको भन्दै नयाँ नीति ल्याउन सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्