
काठमाडौं, वैशाख १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री विराज विष्टलाई बुधबार पदमुक्त गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य विष्टलाई सरकारबाट फिर्ता बोलाउन आग्रह गरेपछि विष्ट पदमुक्त भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।
राप्रपा नेपालले सांसद रेशम लामालाई उक्त पदमा सिफारिस गरिसकेको छ । उनलाई बुधबारै साँझ प्रधानमन्त्रीले पद तथा गोपनियताको सपथ गराउने कार्यक्रम छ ।
पार्टीले यसअघि नै पार्टीको नीतिविपरित अभिव्यक्ति तथा गतिविधि गरेको भन्दै विष्टलाई मन्त्री पदबाट फिर्ता बोलाउने निर्णय गरेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्